प्रधानमन्त्री मोदीबाट प्रभावित भइन् इवांका, गरिन् यस्तो तारिफ

काठमाडौं । कोरोना भाइरसका कारण देशहरु लकडाउन भएपछि तन्दुरुस्त र स्वस्थ रहनका लागि आफ्ना जनताहरुलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफैँले योगासन गरेको भिडियो सार्वजनिक गरेका थिए ।

योगासनको भिडियो हेरेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इवांका ट्रम्प अत्याधिक प्रभावित बनेकी छन् । उनले भिडियोको तारिफ गर्दै भिडियो सानदार भएको बताएकी छन् ।

इवांका राष्ट्रपति ट्रम्पकी वरिष्ठ सल्लाहकार समेत हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले योगनिन्द्राको भिडियो शेयर गर्दै ट्वीटरमा लेखेका थिए, ‘म जब समय मिल्छ तब अप्तामा १ २ पटक योग निन्द्रको अभ्यास गर्दछु । यसबाट शरीर स्वास्थ्य हुनुको साथै मन प्रसन्न हुन्छ, साथै तनाव र चिन्ताबाट शान्ती मिल्दछ ।’

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?