काठमाडौं । स्पेनमा कोरोना भाइरसका कारण अहिलेसम्म ७ हजार ७ सय १६ जनाको मृत्यु भएको छ ।
विश्वमा महामारीको रुप लिएर हाहाकार मच्चाएको कोरोना भाइरसका संक्रमितहरु स्पेनमा अहिलेसम्म ८७ हजार ९ सय ५६ रहेका छन् ।
त्यस्तै स्पेनमा भाइरसबाट संक्रमित १६ हजार ८ सय ८० जना निको भएका छन् । स्पेनमा अहिले ६३ हजार ४ सय ६० संक्रमितहरु छन् । साथै ५ हजार २ सय ३१ ज्नामा कोरोनाका गम्भीर बिरामीहरु रहेका छन् ।
त्यस्तै विश्वमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३७ हजार ८ सय ७७ पुगेको छ भने संक्रमितहरुको संख्या ७ लाख ८८ हजार ५४ रहेको छ ।
त्यस्तै अहिलेसम्म १ लाख ६४ हजार ६ सय २४ जना कोरोनाका संक्रमितहरु निनको भएर घर फर्किएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया