कोरोना भाइरस : अमेरिकामा १ लाख भन्दा धेरैले ज्यान गुमाउन सक्ने स्वास्थ्य अधिकारीको दाबी

काठमाडौं । मजबुत अर्थव्यवस्था र शक्तिशाली सैन्य बलको आडमा सारा विश्वमा हैकम जमाउनेवाला देश अमेरिका पनि कोरोना भाइरसको अगाडि नतमस्तक भएको छ ।

डोनाल्ड ट्रम्प सरकारको हजारौँ कोशिसका बावजुत पनि यस संक्रमणसँग लड्न अमेरिकालाई कठिन भएको छ । भाइरसले लगातार मानिसहरुलाई आफ्नो शिकार बनाइरहेको छ ।

त्यति मात्र होइन, अमेरिका अहिलेको अवस्थासम्म कोरोना भाइरसबाट संसारकै सबैभन्दा धेरै संक्रमित देश बनिसकेको छ ।

अमेरिकामा झन्डै डेढलाख मानिसहरुमा कोरोना भाइरस पोजिटिभ पाइएको छ । यसैबीच नेशनल इन्स्टिट्युट अफ एलर्जी एण्ड कन्फेक्सन डिजिज (एनआईएआईडी) का डाइरेक्टरले कोरोना भाइरसका कारण ट्रम्प सरकारको हालत झनै खराब हुँदै गएको बताएका छन् ।

संक्रमण फैलिएपछि पनि ट्रम्प सरकारले गर्यो ढिलासुस्ती

एनआईएआईडीका निर्देशक डा. एन्थनी फौसीका अनुमान एकदमै डरलाग्दो रहेको छ ।

उनले भनेका छन्, आउने केहि दिनमै अमेरिकामा लाखौँ मानिसहरु कोरोना भाइरसको चपेटामा आउनेछन्, यस भाइरस अमेरिकामा एक लाख भन्दा धेरैको मृत्युको कारण बन्न सक्छ ।

न्युयोर्कमा अहिलेसम्म सबैभन्दा धेरै कोरोनाका संक्रमणहरु देखा परेका छन् । त्यसका बावजुत पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिलेसम्म न्युयोर्कलाई क्वारेन्टाइन गर्ने फैसला गरेका छैनन् ।

कार कम्पनीलाई भेन्टिलेटर बनाउने जिम्मा

संसारकै सुपर पावर भन्ने गरिएको देश अमेरिकामा अहिलेसम्म कोरोनाका १ लाख ४२ हजार ७ सय ३५ जना संक्रमित रहेका छन् भने २ हजार ४ सय ८८ जनाको मृत्यु भईसकेको छ ।

अमेरिका पछि इटालीमा कोरोनाका धेरै संक्रमितहरु रहेका छन् । इटालीमा अहिलेसम्म कोरोनाका ९७ हजार ६सय ८९ जना संक्रमितहरु रहेका छन् भने भाइरसबाट मृत्यु हुनेको संख्या इटालीमा १० हजार ७ सय ७९ रहेका छन् ।

अमेरिका पछि इटाली र स्पेन अत्याधिक प्रावित बनेका छन् । यि दुबै देश दोश्रो विश्व युद्ध पछि सबैभन्दा धेरै संकट झेलिरहेका छन् । अमेरिकी स्वास्थ्य कर्मीहरुसँग समिति संसाधन छन् ।

संक्रमितहरुको संख्या बढ्दा भेन्टीलेटर कम हुन सक्दछ, तर ट्रम्पले कार कम्पनीलाई भेन्टिलेटर बनाउने जिम्मा दिएका छन् ।

अमेरिकाको गाउँसम्मै कोरोना

विश्वभरमा अहिलेसम्म कोरोना भाइरसका कारण ३३ हजार ९ सय ९३ जनाको मृत्यु भईसकेको छ । कोरोना भाइरस अहिले अमेरिकाको डेट्रायट, न्यु आरलीन्स र शिकागोमा पनि कोरोना भाइरसको महामारी फैलिइसकेको छ ।

यो सम्मकी अमेरिकाका ग्रामीण क्षेत्र पनि कोरोनाबाट अछुत छैन । विशेषज्ञहरुले भने कोरोना भाइरसबाट मृतकको आँकडा धेरै रहेको बताइरहेका छन् ।

उनीहरुले कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या केहि देशहरुले लुकाएको बताइरहेका छन् ।

ब्लड प्लाज्माबाट कोरोना बच्ने कोशिसमा अमेरिका

वैश्विक महामारीसँग लडेर विजय पाउनको लागि संसारका हरेक देशले आ आफ्नो ठाउँबाट बिभिन्न उपायसहित कोरोनासँग लडिरहेका छन् ।

यस्तो अवस्थामा अमेरिकी डाक्टरहरु ब्लड प्लाज्मा टेक्नीकबाट कोरोनाको औषधी खोज्न लागि परिरहेका छन् ।

अमेरिकाका ह्युट्सनको एक प्रमुख अस्पतालले कोरोना भाइरसबाट ठीक भएका एक व्यक्तिको रगत कोरोना भाइरसका एक गम्भीर संक्रमित रोगीमा परिक्षण गरेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?