घुस लिदालिदै घुमुवा प्रहरी पक्राउ

एसपी यादवजनकपुरधाम माघ २१ – घुस लिदैगर्दा सादा पोसाकमा खटिएका घुमुवा प्रहरी रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बर्दीबासबाट खटिएको टोलीले जनकपुर उपमहानगरपालिका ७ स्थित भ्रमपुरा चौकमा घुस लिँदै गरेको अबस्थामा घुस रकम सहित घुमुवा प्रहरीलाई पक्राउ गरेको हो श्रीपुर गाउँपालिका वडा नंं.१ सुनसरी स्थायी घर भई हाल अस्थाई प्रहरी पोस्ट लक्ष्मीनिया धनुषामा कार्यरत रहेका वर्ष ३८ का प्रहरी जवान मनोज कुमार प्रसैलालाई अख्तियारको टोलीले दस हजार रुपैयाँ घुस रकम सहित पक्राउ गरेको हो जनकपुर उपमहानगरपालिका ७ स्थित एक जना सेवाग्राही संग मदिरा बिक्री बितरण सहज बनाइदिने र मदिरा बिक्री बितरणका लागि इजाजत पत्र समेत बनाइदिने भन्दै दस हजार रुपियाँ घुस लिदै गरेको अबस्थामा अख्तियारको टोलीले पक्राउ गरेको हो पक्राउ परेका घुमुवा प्रहरी जवान प्रसैलालाई अख्तियारको सम्पर्क कार्यालय बर्दीबासको टोलीले थप अनुसन्धान गरिरहेको अख्तियारको सम्पर्क कार्यालय बर्दिबासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?