काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड—१९) को कारण ओलम्पिक गेम्स सारिने भएको छ । उक्त गेम आगामी जुलाई २४ देखि अगस्ट ९ तारिखसम्म आयोजना टोकियोमा हुन लागेको थियो ।
आइतबार बसेको आईओसी कार्यकारी बोर्डले ओलम्पिक सार्ने विषयमा बृहत छलफल गरेर अर्को कदम चालिने जनाएको हो । ओलम्पिक गेम्स स्थगित गर्न विश्वब्यापी दबाब बढेपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) ले नयाँ निर्णयको लागि कम्तीमा चार साता धैर्य गर्न आग्रह गरेको छ । यही दबाबबीच आईओसीको कार्यकारी बोर्ड बैठक आईतबार बसेको थियो ।
महामारीको बेलामा भिडभाड हुने किसिमका गेमहरु गर्दा संक्रमण झन बढेर जाने भन्दै विश्वभरबाट आलोचना भइरहको छ । विश्वभरको दबाबलाई मध्यनजर गर्दै आईओसीले नयाँ निर्णय गर्न चार साताको समय लिएको जनाएको छ ।
ओलम्पिक तत्कालका लागि स्थगन गर्न आईओसी सकारात्मक देखिएको छ । तर, ओलम्पिक गेम्स केही महिना वा एक बर्षपछि सार्ने भन्ने विषयमा आईओसीले पुनः छलफल गरेर निर्णय गर्ने बताईएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया