आज पारसपत्नी हिमानी देखिइन् यता

काठमाडौँ,२० माघ। पूर्व युवराज्ञी हिमानी शाहले ललितपुरस्थित बटुक भैरव भगवती मन्दिरमा पुजाआराधना गरेकी छिन् ।  पूर्व युवराज्ञी शाहले शनिबार मध्यान्ह बटुक भैरव मन्दिरमा पूजाआराधना गरेकी हुन् । त्यसलगत्तै उनले मन्दिरका पूजारीबाट टिका–प्रसाद समेत ग्रहण गरिन् पूर्व युवराज्ञी शाहलाई मन्दिरमा स्थानीय बाजागाँजाका साथ स्वागत गरिएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?