कञ्चनपुरमा फेरि भारतसँगको सीमा विवाद बल्झियो

गगन अयडी धनगढी, माग १९– प्रदेश नं. ७ कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासस्थित आनन्द बजारको घटना सेलाउन नपाउ“दै फेरि बेलौरीमा पनि सीमा विवाद बल्झिएको छ भारतीय सीमासंग जोडिएको बेलौरी नगरपालिका १० सडकघाटमा नेपाली भूमीमै बाटो फराकिलो बनाउ“दा भारतीय पक्षले हस्तक्षेप गरेपछि विवाद बल्झिएको हो नेपाली र भारतीय पक्ष्ँबीच सीमा विवाद टुंग्याउन सीमा निरीक्षण टोलीको पर्खिनुपर्ने सहमती भएपनि स्थानीय नागरीकहरु भने आफ्नो जमिन विदेशीको आ“खा लागेको भन्दै आक्रोशित बनेका छन् वषौंदेखि प्रयोग गर्दै आएको नेपाली भूमिलाई आफूहरुले जस्तोसुकै प्रयोजनका लागि प्रयोग गरेपनि भारतीय पक्षले चा“सो देखाउन नपाइने भन्दै स्थानीयले आक्रोश पोखिरहेका छन् । आफूहरुको प्रयोगमा रहेको दर्ता जमिनमा फराकिलो बाटो बनाउ“दा भारतीय पक्षले अवरोध पुर्याउनु र नेपाली प्रशासन मुखदर्शक बनेको भन्दै स्थानीयले सरकारको समेत चर्को विरोध गरेका छन् भारतीय पक्षले सीमा स्तम्भ नम्बर ३२ र ३३ मा सीमा स्तम्भ नाघेर नेपाली पक्षले खेतीलगायतको आरोप लगाएको छ । आफूहरुले २०२३÷२४ सालमा देखि नै उपभोग चलान गर्दै आएको र भारतीय पक्षले आफूहरुलाई सधै“ यसरी नै हेपाहा प्रवृति देखाउने गरेको पीडित किसान कृष्णप्रसाद शर्माको दुखेसो छ अहिले विवादित सीमा स्तम्भ नं. ३४ नजिक भारतीय पक्षले नेपाली भूमिमा समेत आवत जावत गर्न रोकटोक लगाएको छ यसैबीच भारतीय सुरक्षा निकाय एसएसबीका प्रहरी निरीक्षक एस के सिंह, सशस्त्र प्रहरी बल बेलौरीका प्रहरी निरीक्षक भिम सिंह थापा, भुडा प्रहरी चौकीका इन्चार्ज हरिप्रसाद भट्ट, पत्रकारहरु सहित केही स्थानीय नागरीकहरुबीच उक्त विषयलाई लिएर अहिले ठूलो विवाद निम्तिन नदिने पक्षमा छलफल भएको छ । तर भारतीय सुरक्षा एसएसबीले दशगजा क्षेत्र भित्रको जमिनलाई एकतर्फी प्रयोग गरी नयाँ संरचना वा बाटो फराकिलो बनाउन नदिने अडान राखेपछि नेपाली पक्ष आक्रोशित बनेको छ तर स्थानीयबासी भने जुनसुकै हालतमा पनि आफ्नो भूमिको सडक फराकिलो बनाउने काम गर्न दिनुपर्ने अडानमा छन् । यस बिषयमा जनप्रतिनिधि बेलौरी नगरपालिकाका उपमेयर चित्रा चौधरीले बताइन् सीमा सर्भे टोलीले केहीमहिनामै उक्त क्षेत्रको वास्तविक सीमाजाँच गरी टुंगो लगाउने र त्यतिबेला सम्मविवाद बढाउन नदिने विषयमादुई देशकाअधिकारीहरुबीचमौखिक समझदारी भएको छ विगत केही सातायता कैलाली र कञ्चनपुरलगायत पश्चिममा भारतसंग जोडिएका सीमा सर्भे गरिरहेको नेपाल र भारतको सिमा सर्भे टोली अहिले कञ्चनपुरको आनन्दबजार–बसही हुदै दिनापुर सीमा नाकामा काम गरिरहेको छ उत्पन्न विवादलाई समाधान गर्नका लागि पिल्लरहरुको स्थिती बुझेर अगाडि बढीरहेको नेपाल भारत सयुक्त सिमा सर्वेक्षक टोलीका पुर्ण बहादुर खडकाको भनाई छ । यसरी समयसमयमा सीमाकै विषयमा नेपाल र भारतकानागरीकहरु बीच कटुता पैदा भइरहेको छ भारतीयको हेपाहा प्रवृति र नेपाल सरकारको मौनताले यस्तै विवाद निम्तिन्दा गत फाल्गुन २६ गते कञ्चनपुर कै पुनर्वासमा स्थानीय अनान्दबजार घटना घटेको थियो जसमा गोविन्द गौतमले ज्यान गुमाउनु परेको थियो नागरिक नागरिकबीच आपसमा विवाद नसुल्झाई विवाद बढदै जाने हो भने पुन अनान्दबजार घटना नदोहरिएला भन्न सकिन्न । त्यसैले चाडो भन्दा चाडो दुबै देशले बेलैमा उच्चस्तरीय पहलबाट समाधान गर्न जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?