एक वर्षमा ९७३ ले छाडे विप्लव समूह

सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको एक वर्षमा ९ सय ७३ नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।

बम विस्फोट, आगजनी, जबर्जस्ती असुली, जग्गा कब्जाजस्ता आपराधिक गतिविधि गरेको भन्दै सरकारले २०७५ फागुन २८ मा चन्द समूहको गतिविधिमा प्रतिबन्ध लगाएको थियो ।

प्रतिबन्धपछि महासचिव नेत्रविक्रम चन्दसहित केन्द्रीयदेखि स्थानीय तहसम्मका नेता–कार्यकर्ता भूमिगत भएका थिए । कतिपय नेता–कार्यकर्ता पक्राउ परेपछि चन्दले स्थायी समिति र पोलिटब्युरो भंग गरी ५ सदस्यीय सचिवालय र ३० सदस्यीय केन्द्रीय समिति बनाएका छन् ।

कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?