अदालतमा उपस्थित भए आईजीपी

अदालतको अवहेलनासम्बन्धी मुद्दामा नेपाल प्रहरीका महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली मंगलबार सर्वोच्च अदालतमा उपस्थित भएका छन् । गत सोमबार सर्वोच्चले उनीहरूलाई एक साताभित्र लिखित जवाफसहित उपस्थित हुन भनेपछि उनी चारजना प्रहरी अधिकृत लिएर अदालत पुगेका हुन् ।

महानिरीक्षक ज्ञवालीसहित महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदी, सोह्रखुट्टे वृत्तका सन्तोषसिंह राठौर र सिंहदरबार वृत्तका डिएसपी कौशल बुढाथोकी सर्वोच्चमा उपस्थित भएर आफूहरूले कानुनसम्मत नै काम गरेको र अदालतको अपहेलना नगरेको जवाफ दिएका छन् । बन्दी प्रत्यक्षीकरण मुद्दामा अदालतले छाड्न भनेका व्यक्तिलाई अदालतको गेटबाटै पक्राउ गरेको भन्दै गत १८ फागुनमा उनीहरूविरुद्ध अपहेलना मुद्दा दायर भएको थियो । नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?