विप्लव समूहसँग वार्ताभन्दा पक्राउमा ध्यान दिँदै सरकार

काठमाडौं – सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको एक वर्ष बिते पनि वार्तामा ल्याउन सकेको छैन। विप्लव नेकपाले गत वर्षको फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा आक्रमण गरेपछि २८ गते सरकारले उसलाई प्रतिबन्ध लगाएको घोषणा गरेको थियो। त्यसपछि सरकारले विप्लवसँग वार्ताको सट्टा उनका नेता–कार्यकर्ता पक्राउ गरी जेलमा कोच्ने नीति लियो।

सरकारले विप्लव समूहको गतिविधि आतंककारी भएको भन्दै उसलाई प्रतिबन्ध लगाएको हो। पार्टीमाथि नभई उसका गतिविधिमा प्रतिबन्ध लगाएको जनाउँदै सरकारका तत्कालीन प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाले शान्तिपूर्ण कार्यक्रममा भने रोक नलगाउने बताएका थिए। तर प्रहरीले विप्लवका गतिविधिलाई पूर्णतः निषेध गर्दै आएको छ। सरकारले नेता–कार्यकर्तालाई पक्राउ गरेर शक्ति क्षीण बनाउने नीति लिएपछि विप्लव समूह भने रक्षात्मक अवस्थामा देखियो। नागरिक दैनिकमा खबर छापिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?