काठमाडौं । वेलकम एडभरटाईजिङ्ग एण्ड मार्केटिङ्ग प्रा.लिको प्राङ्गणमा वेलकम परिवारले मिस नेपाल नर्थ अमेरिका, श्रेया गजुरेलसँग शुभकामना आदानप्रदान गरि फागुन २३ गते शुक्रबार होली मनाएको छ।
विश्वव्यापी महामारीको रुपमा हेरिएको कोरोना भाईरसले परेको मनोसामाजिक असरले गर्दा, यसपालि मास्क लगाएर होली मनाइएको हो ।

मिस नेपाल नर्थ अमेरिका श्रेया गजुरेले आफ्नो मातृभूमीमा हराईरहेको धर्म संस्कृतिलाई निरन्तरता दिन जोड दिदै, ब्यस्तताका बावजूद पनि अमेरिकाबाट नेपाल आएर वेलकम परिवारको साथमा सम्पूर्ण देशवाशीलाई होलीको शुभकामना प्रदान गरेकी छन् । उक्त अवसरमा एडमायर नेपालकी अध्यक्ष निता पौडेलले गजुरेललाई उक्त सामाजिक संस्थाको मानार्थ सदस्यता प्रदान गरेकी थिइन ।
वेलकमका संचालक निर्मलराज पौडेलले होलीको शुभकामना दिँदै नेपालीलाई कोरोना भाइरसबाट डराउनको साटो विज्ञद्धारा दिएको सल्लाह मानेर आफू र आफ्नो परिवारलाई सुरक्षित राखेर अरुलाई पनि सहायता गर्दै २०७६ को हाली, ”मास्क होली” बनाउन सल्लाह र सुझाव दिएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया