किन भयो प्रधानमन्त्रीको डिस्चार्जमा ढिलाइ ?

काठमाडौं । गत बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीमा इन्फेक्सनको मुख्य चुनौती देखिएको छ ।

उपचारमा संलग्न चिकित्सक मिर्गौला रोग विशेषज्ञ प्राडा दिव्यासिंह शाहका अनुसार प्रधानमन्त्री ओलीलाई इन्फेक्सन हुने भएकाले अस्पतालको बसाइ लम्बाइएको हो ।
उनले इन्फेक्सनबाट बचाउन प्रधानमन्त्री ओलीलाई आईसीयूमा राखिएको जनाइन् । यद्यपि, प्रधानमन्त्री ओलीको डिस्चार्ज मिति तय नभएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

प्रत्यारोपणपछि भाइटल तथा ल्याब सूचकहरू अपेक्षाअनुरूप नै सुधार हुँदै गएको अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाले बताए ।
मिर्गौला दाता समीक्षा संग्रौलाको स्वास्थ्य अवस्था पनि सामान्य बन्दै गएको छ । राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?