यी देशलाई नेपालले भिसा नदिने

सरकारले कोरोना प्रभावित युरोपेली मुलुकहरु स्पेन, फ्रान्स र जर्मनीका नागरिकलाई पनि ‘अन–अराइभल’ भिसा नदिने भएको छ । थप तीन देशसहित कुल आठ मुलुकका नागरिकलाई ‘अन–अराइभल’ भिसा नदिने निर्णय भएको अध्यागमन कार्यालयले जनाएको छ ।
सरकारले अघिल्लो साता कोरोना भाइरसको संक्रमण बढ देखिएका पाँच देश चीन, इरान, दक्षिण कोरिया, जापान र इटालीका नागरिकलाई ‘अन–अराइभल’ भिसा नदिने निर्णय गरेको थियो ।

यी देशका नागरिकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आउँदा सम्बन्धित देशका नेपाली दूताबास वा नियोगमा स्वस्थ रहेको प्रमाणपत्र बुझाएर भिसा लगाउनुपर्छ ।कारोबारले खबर छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?