उमेर २१, सन्तान ५

जाजरकोटको भेरी नगरपालिका–११ कट्टीगाउँकी पार्वती सुनार २१ वर्षकी भइन् ।

उनको गर्भमा अहिले पाँचौं सन्तान छ । १३ वर्षको उम्मेरमा विवाह गरेकी उनले पहिलो वर्षमै सन्तान जन्माएकी थिइन् । सोही गाउँकी २२ वर्षीर्या गौरी कामीले तेस्रो पटक गर्भधारण गरेकी छन् । उनले १४ वर्षको उमेरमा पहिलो सन्तान जन्माएकी थिइन् ।

किशोरी अवस्थामै विवाह गरेर आमा बन्ने पार्वती र गौरी प्रतिनिधिपात्र हुन् । उनीजस्ता थुप्रै किशोरी बालविवाह गर्न बाध्य छन् ।
यसले महिला र शिशुको ज्यान जोखिममा परिरहेको छ । भेरी नगरपालिकाकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख शारदा शर्माका अनुसार जिल्लामा बालविवाहको दर ६० प्रतिशत रहेको छ । कान्तिपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?