प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्दै एल पि ग्याँस उद्योग संघले निकाल्यो विज्ञप्ती

काठमाडौं । नेपाल एल. पि. ग्याँस उद्योग संघले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेको छ । संघले बिहीवार एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गरेको हो ।

संघको विज्ञप्तीमा भनिएको छ, “सम्माननिय प्रधानमन्त्री श्री खडगप्रसाद ओलीज्यू त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगंजमा मृगौला प्रत्यारोपण गरी स्वास्थ्य लाभ गर्दै रहनुभएको हुँदै वहाँको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।”

साथै संघले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको जोखिमबाट नेपाललाई बचाउनका लागि सरकारले आह्वान गरेको अनुसार कार्यक्रमहरु नगर्नका लागि नागरिक, उद्योगी व्यवसायी तथा उपभोक्ताहरुमा विभिन्न उत्सव, सभा सम्मेलन लगायतका कार्यक्रमहरु नगर्न समेत सादर अनुरोध गरेको छ ।

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/03/press-realised-2076-1.pdf” title=”press realised 2076 (1)”]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?