ब्रेकअपपछि नीता र आमेश एकसाथः आमेशले भने, ‘मैलेजति माया कसैले गर्दैन’

काठमाडौं, १६ माघ – केही हप्ताअघि चलचित्र ‘हुर्रे’ को गीतमा देखिएकी अभिनेत्री नीता ढुंगाना र चलचित्र ‘मेला’ मा देखिएका आमेश भण्डारी काठमाडौंमा भएको कामना अवार्डमा एकसाथ देखिए लामो समय प्रेमसम्बन्धमा भएका यी नीता र आमेश पछिल्लो समय भने ब्रेकअपमा थिए । तर एक्कासी कार्यक्रममा एकसाथ देखिएपछि पत्रकारमाझ घेरिएका नीता र आमेशले आफूहरुले एकअर्काले ब्रेकअपपछि पनि उत्तिकै सम्मान गर्ने बताए के दुवैको बीचमा फेरि प्याचअप हुने सम्भावना छ त? पत्रकारले सोधेको प्रश्नमा नीताले कुनै सम्भावना नभएको बताइन् । आमेशले भने आफूले सधै माया गरिरहेको बताए । ‘माया त लाग्छ नै, भोलि मैलेभन्दा धेरै माया गर्ने मान्छे पाओस्’, आमेशले भने उनले हाँस्दै थपे, ‘मैले जति माया त कसैले गर्दै गर्दैन ।’ नीताले भने केही वर्षअघि आफूले एकअर्कालाई नबुझेकाले ब्रेकअप भएको बताइन् । ‘उनले भनिन्, हामी त्यतिबेला बच्चा नै थियौं, हामीले एकअर्कालार्इृ बुझेका रहेनछौं’, उनले थपिन्, ‘अहिले जे छ, ठीक छ, भोलि जे हुन्छ, त्यो पनि ठीक हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?