काठमाडौँ, १६ माघ- नेताहरूको अभिव्यक्ति सुन्दा लाग्छ एमाले माओवादी एकता हुनै लाग्यो, लगभग भइसक्यो। तर, अन्तर्यका विकासक्रमले एकता प्रयास जटिल बन्दै गएको देखाएका छन्। दुई पार्टी अध्यक्षकै तहमा भएका छलफल पनि पहिलेभन्दा गिजोलिन थालेपछि एकता कठिन देखिन थालेको खबर अन्नपूर्ण पोस्टमा छापिएको छ १७ असोजमा वाम गठबन्धन घोषणा गर्दा दुई शीर्ष नेताले पार्टी एकतासम्म जाने लक्ष्य लिए पनि यो बिन्दुमा आइपुग्दा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पदीय व्यवस्थापन पेचिलो बन्दै गएको छ। एक माओवादी शीर्षस्थ नेताका भनाइमा, ‘दुई पार्टी एकता अहिले एकीकृत पार्टीको अध्यक्षमा आएर अड्किएको छ।’नयाँ सरकारको प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै ओलीले लिन खोज्दा एकतामा ढिलाइ हुन पुगेको माओवादीको भनाइ छ। एमालेले यो विषयमा अझै निष्कर्षमा पुगिनसकेको बताएको छ। एमाले सचिव प्रदीप ज्ञवालीले भने, ‘नेतृत्वले भित्री तहमा गरेका छलफलबारे प्रस्ट थाहा नपाएर कतिपय नेताले फरक खाले विचार प्रवाह गरिरहनुभएको छ, यथार्थ त्यस्तो होइन।’ उनले अन्तिम घडीमा विभिन्न खाले चिन्ता र रस्साकस्सी चल्नु अनौठो नभएको भन्दै त्यसलाई एकतामै अप्ठ्यारो पर्न लागेको अर्थमा बुझ्न नहुने बताएका छन्दाहाल पार्टी अध्यक्ष आफूले नपाएसम्म एकीकरणमा जान चाहेका छैनन्। ओली सकभर दाहाललाई मनाएर महाधिवेशनबाट मात्रै पार्टी अध्यक्ष दिने तर अहिले आफैंले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै राख्ने कोसिसमा छन्। ओलीले दाहालसँगको एक्ला एक्लै छलफलका क्रममा सीधै अध्यक्ष दाहाललाई दिन नसकिने भनेर मुख भने नखोलेको एमाले स्रोतको दाबी छयद्यपि, उनले आफू नबोले पनि आफूनिकट नेताहरूमार्फत पार्टी अध्यक्ष तत्काल दाहाललाई दिन नसकिने सन्देश भने प्रवाहित गरिरहेका छन्। माओवादी भने एकताको सन्देश प्रवाह गर्नकै लागि भए पनि ओलीलाई प्रधानमन्त्री र दाहाललाई पार्टी अध्यक्ष दिनुपर्ने अडानमा छ‘हाम्रो बटमलाइन पार्टी अध्यक्ष र प्रधानमन्त्री दुई पार्टीका अध्यक्षहरूले भागबन्डाका आधारमा गर्ने भन्ने नै हो’, माओवादीका एक नेताले भने, ‘चुनावको जनादेशका आधारमा ओली प्रधानमन्त्री र प्रचण्ड एकीकृत पार्टी अध्यक्ष हुने गरी पार्टी एकता गर्ने कुरा माओवादीको हो।’माओवादी नेताहरूको भनाइ मान्ने हो भने, चुनावी गठबन्धन निर्माणकै बेला निर्वाचनपछि सरकारको नेतृत्व ओली र एकीकृत पार्टी अध्यक्ष दाहाल बन्ने गरी अढाई वर्षमा दुवैतिरको नेतृत्व आलोपालो गर्ने गरी ७ बुँदे सहमति दुई पार्टीका शीर्ष तहमा भएको थियो। तर, त्यो सहमतिअनुसार एकीकृत पार्टी अध्यक्ष पनि ओली आफैंले छाड्न नचाहेका कारण एकतामा ढिलाइ हुन पुगेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया