काठमाडौं । उपत्यकाको सवारी दुर्घटना न्युनिकरण र आवागमनलाई सहज बनाउन नयाँ व्यवस्था ल्याएको छ । महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठका अनुसार फागुन १४ देखि लागू हुने गरि सूर्यविनायक–जडिवुटी सडक खण्डमा यात्रुवाहक, मालवाहक सवारी र कम गतिमा गुड्ने सवारी साधनहरू बायाँ लेनबाट गुड्ने गरि व्यवस्थापन गर्न लागिएको हो । त्यस्तै निजी तथा साना सवारी साधनहरू सधैँ दाहिने लेनबाट मात्र चलाउने व्यवस्था गरिने भएको उनले जानकारी दिए ।
पछिल्लो समय उपत्यकाको सवारी आवागमनलाई थप सहज एव प्रभावकारी बनाउन श्रेष्ठको अध्यक्षतामा गठित सुझाव समितिले सूर्यबिनायक जडीबुटी सडक खण्डको अनुगमन गरेको थियो । उक्त समितिले तत्काल उक्त सडक खण्डको ट्राफिक व्यबस्थापनमा सुधार गर्न उक्त सुझाव पेश गरेको थियो ।
समितिको उक्त सुझावलाई तत्काल कार्यान्वयन गर्न ट्राफिक प्रहरी, सडक बिभाग, यातायातसँग सम्बन्धित सरोकारवाला निकाय र स्थानिय नागरिकहरुबीच समन्वय एव सहकार्य गरि तोकिएको लेनको प्रयोगलाई कार्यान्वयन गरिने भएको हो ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले सवारी साधनहरूले जथाभावी लेनको प्रयोग गरि सवारी चलाउने तथा लेन परिवर्तन गर्ने, लुकिङ्ग ग्लास र साइड लाइटको प्रयोग नगरि जथाभावी ओभरटेक गर्ने, तीव्र गतिमा सवारी चलाउने लगायतका असावधानीले बढ्ने भएकाले उक्त नियम ल्याउन लागिएको बताए ।
दुर्घटनाको जोखिम बढ्ने भएकाले त्यस्ता सडकमा गुड्ने सवारी र सडकको अवस्था हेरी सुरक्षित तरिकाले निर्धारित लेनमा तोकिएको गतिमा मात्र सवारी चलाइ सुरक्षित आवागमन हुनेमा आफू विश्वस्त रहेको ढकालको भनाई छ । उनले भने – यो सडक व्यवस्थित र सुविधा युक्त छ, यात्रुवाहक, मालवाहक र बिस्तारै गुड्ने गाडीहरु बाँया लेनबाट र साना हलुका र द्रुत गतिमा गुड्ने सवारी साधन दाहिने लेनबाट चल्ने अन्तराष्ट्रिय अभ्याससमेत रहेको छ । यसलाई कार्यान्वयन गर्दा सडक अनुशासन कायम हुने र दुर्घटना न्युनिकरण हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया