३२ सिटका लागि ५२ उम्मेदवार मैदानमा

काठमाडौं, १६ माघ-राष्ट्रिय सभा निर्वाचनमा ३२ सिटका लागि ५२ उम्मेदवार चुनावी मैदानमा भिड्ने भएका छन् । ५६ सिटका लागि हुने निर्वाचनमा २४ जना निर्विरोध निर्वाचित भइसकेका छन् १० माघमा राष्ट्रिय सभाका लागि मनोनयन दर्ता गरेका ८३ उम्मेदवारमध्ये २४ उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् । एक जनाको उम्मेदवारी भने खारेज भएको छ । यस्तै, ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् आयोगले उम्मेदवारी फिर्ताका लागि सोमबार २ बजेसम्मको समय दिएको थियो । ८३ जनाको उम्मेदवारी परेकोमा उम्मेदवारी फिर्तासँगै ३२ सिटका लागि ५२ उम्मेदवार चुनावी मैदानमा रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । त्यसमध्ये २४ जना निर्विरोध निर्वाचित भएको, एकको उम्मेदवारी रद्द भएको र ६ जनाले उम्मेदवारी फिर्ता गरेको उनले बताए राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?