काठमाडौं, १६ माघ-संघीय संसद् सचिवालयबाट संसद् पदाधिकारीको हैसियतमा लिएको सवारीसाधन प्रधानमन्त्रीदेखि पूर्वसभामुखसम्मले फिर्ता नगरेका पाइएको छ । सुविधाका रूपमा संसद् सचिवालयबाट लिएका तीनवटा गाडी सचिवालयमा अझै फिर्ता नगरिएका पाइएको हो प्रमुख प्रतिपक्षी दलका नेताको हैसियतमा सवारीसाधन लिएका प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वसभामुख ओनसरी घर्ती र पूर्वसभामुख रामचन्द्र पौडेलले पदीय हैसियतमा लिएको गाडी संसद् सकिएको लामो समयसम्म पनि फिर्ता नगरेको संसद् सचिवालयले जनाएको छ संसद् सचिवालयको सवारीसाधन व्यवस्थापन शाखाका शाखा अधिकृत ज्ञानहरी पन्थीका अनुसार कांग्रेस नेता रामचन्द्र पौडेलले पूर्वसभामुखको हैसियतमा लिएको बा२झ १४३९ नम्बरको गाडी संसद्को पदावधि सकिएको साढे तीन महिना बितिसक्दा पनि फिर्ता गरेका छैनन् । पौडेलले पूर्वसभामुखको हैसियतमा लिएको सवारीसाधन संसद् सचिवालयमा बुझाएको कुनै रेकर्ड भेटिँदैन । तर, उनी आफूले पहिला नै सम्बन्धित निकायमा गाडी फिर्ता गरिसकेको जिकिर गर्छन् माओवादी केन्द्रकी नेत्रृ ओनसरी घर्तीले सभामुख हुँदा प्रयोग गरेको बा२झ १६८७,बा२झ १२६८ र बा२झ २८६६ नम्बरको सवारी फिर्ता गरे पनि बा२झ २८६४ नम्बरको गाडी भने फिर्ता गर्न बाँकी रहेको संसद् सचिवालयले जनाएको छ । पूर्वसभामुख घर्तीले पनि आफू पदमा रहँदा लिएको सबै सरकारी गाडी फिर्ता गरिसकेको दाबी गरिन् राजधानी दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया