कान्छा निर्देशक सौगातको ‘हैरान’ को रिलिज मिति जु्र्‍यो

काठमाडौं, १५ माघ – कान्छा निर्देशकका रुपमा परिचित सौगात विष्टले निर्देशन गरेको चलचित्र ‘हैरान’ को रिलिज मिति तोकिएको छ । चलचित्र आउँदो जेठ ४ मा रिलिज हुने भएको हो कमेडी जानरामा निर्माण गरिएको चलचित्र ‘हैरान’ मा गजित विष्ट, सत्यराज आचार्य, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ लगायतका कलाकारले अभिनय गरेका छन् चलचित्रमा सत्यराज आचार्यको संगीत कथा तथा कोरियोग्राफी गजित विष्टको छ । चलचित्रलाई निरज कँडेलले छायांकन गरेका हुन् भने प्रितम् पाण्डले सम्पादन गरेका छन्  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?