काठमाडौं- तोकिएको समयमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नगरेको आरोप सहित ७ बुदें माग राख्दै समाजवादी विद्यार्थी युनियनको त्रिवि समितिले उपकुलपति कार्यालयमा तालाबन्दी गरेको छ। उनीहरुले विभिन्न माग पनि राखेका छन् ।
परिक्षा नियन्त्रण कार्यालयलाई अनलाइन प्रणालीमा लैजानुपर्ने
त्रिविको आवास गृहमा लापरबाही रोक्नुपर्ने
त्रिवि परिसरमा बनाइएको छाप्रा टहरा र पशुपालन हटाई शैक्षिक वातावरण बनाउनुपर्ने
त्रिविको शैक्षिक क्यालेन्डरलाई कडाईका साथ लागू गर्नुपर्ने
अदालतमा मुद्दा चलिरहेको प्राध्यापकलाई जिम्मेवारी मुक्त गर्नुपर्ने
प्राध्यापकले एकैदिन हप्तौंसम्मको हाजिर गर्ने बेतिथी रोक्नुपर्ने
प्राध्यापकहरु फुलटाइम त्रिविमा अध्यापनमा लाग्नुपर्ने लगायतको माग राख्दै युनियनको त्रिवि समितिले आज उपकुलपतिको कार्यालयमा तालाबन्दी गरेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया