पत्रिकामा छापिएको समाचार बारे चिनियाँ दुतावासले जारी गरेको विज्ञप्तिप्रति सम्पादकहरुको आपत्ति

काठमाडौं । मंगलबारको काठमान्डु पोष्टमा छापिएको ‘चाइनाज सेक्रेसी ह्याज मेड कोरोनाभाइरस क्राइसिस मच वर्स’ शीर्षकको समाचारका विषयमा चिनियाँ राजदुतको विज्ञप्तिप्रति सम्पादकहरुले आपत्ति जनाएका छन् ।

उक्त समाचारमा चीनको युआनमा भएको माओत्से तुङको तस्बिरमा मास्क लगाएको फोटोबारे छापिएको थियो । सोहि फोटोबारे पदूतावासले विज्ञप्ति जारी गरेको थियो।

बुधबार १७ जना सम्पादकहरुले एक विज्ञप्ति जारी गर्दै दूतावासको विज्ञप्तिप्रति आपत्ति जनाएका छन् । १७ सम्पादकले जारी गरेको विज्ञप्तिमा हस्ताक्षर भने गरिएको छैन्। ‘प्रेसमा आएका सामग्रीप्रति असहमति राख्ने, त्यसको खण्डन गर्ने व्यक्ति वा संस्थाको अधिकारको हामी सम्मान गर्छौं,’ सम्पादकद्वारा जारी विज्ञप्तिमा भनिएको ‘तर कुनै विचार वा समाचार प्रकाशित गरेबापत सम्पादकको नामै उल्लेख गरेर लान्छित गर्ने र धम्की दिने कार्यप्रति हाम्रो असहमति छ। त्यस्तो कार्यको हामी भत्सर्ना गर्छौं। दूतावासको विज्ञप्तिले कूटनैतिक मर्यादा पनि नाघेको हामी स्मरण गराउन चाहन्छौं।’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?