काठमाडौं – ३९ वर्षिय गुण्डा सत्यमान लामा पक्राउ पर्नुको कारण खुलेको छ । काभ्रेपलाञ्चोक जिल्ला तेमाल गाउँपालिका ६ स्थाई घर भई हाल बालुवाटार बस्ने सत्यमान लामा बालुवाटार छेउमा रहेको साङग्रिला होटल अगाडिबाट मादक पदार्थ सेवन गरि प्रहरी सँग विवाद गरेकोले पक्राउ परेका हुन् । काभ्रेली समूहका गुण्डा सत्यमान लामालाई महानगरीय प्रहरी वृत महाजगञ्जको टोलीले सोमबार राति काठमाडौंको लाजिम्पाटबाट पक्राउ गरेको हो ।
सत्यमान प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेर हाल दार्जलिङतिर बस्ने गुण्डा नाईके दावा लामाको आर्थिक कारोबार हेर्ने ‘लेखापाल’ भएको बुझिएको छ ।
पक्राउ परेका लामालाई प्रहरीले यसअघि पनि लुटपाट, गुण्डागर्दी तथा अवैध डलर कारोबारमा संलग्न रहेको अभियोगमा पटकपटक पक्रिसकेको छ । पछिल्लो पटक महानगरीय प्रहरी परिसर काठमाडौँले २०७५ असारमा पनि पक्राउ गरेर जमानतमा रिहा भएका लामा फेरि पक्राउ परेका हुन् ।
सत्यमान काभ्रेकी सांसद् नविना लामा निकट मानिन्छन् । उनलाई नविनाले नै छुटाउने गरेकी छिन् । २०७५ साल असारमा पनि प्रतिनिधिसभा सदस्य नवीना लामाले पक्राउ परेका लामालाई केही घन्टा बित्न नपाउँदै जमानतमा रिहा गराएकी थिइन्।
बुद्धचित्त मालाको तस्करीमा समेत उनको संलग्नता थियो । हो, हामीले उनलाई नियन्त्रणमा लिएका छौँ। थप अनुसन्धान हुँदैछ’ वृतका इञ्चार्ज डिएसपी उमेश लम्सालले बताए ।
त्यसपछि पनि महानगरीय अपराध महाशाखाको टोलीले चेक बाउन्सको केसमा उनलाई पक्राउ गरेको थियो।
यो पनि : यस्ता छन् पाकेटमारका कोडभाषा, थाहा पाइराख्नुस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया