पाँचथर । जिल्लाको हिलिहाङ गाउँपालिकामा ६० वर्षभन्दा माथिका ६० जना जेष्ठ नागरिकलाई निशुल्क दन्त उपहार कार्यक्रम शुरु भएको छ ।
आइतबारबाट सुरु भएको शिविरमा हिलिहाङ गाउँपालिकाका ७ वटै वडाका ५–५ जना नागरिकलाई उपहार स्वरुप पुरै सेट उपहार दिइने भएको हो । त्यस्तै शिविरमा आउनेलाई आवस्यकता अनुसार दाँत फेरिदिने भएको हो ।
निशुल्क दन्त उपहार लिनका लागि ६० जनाले नाम दर्ता गराएको हिलिहाङ गाउँपालिकाका प्रवक्ता मदन गौतमले जानकारी दिए ।
शिविर हिलिहाङ ३ स्थित प्राथमिक स्वास्थ केन्द्र गोपेटारमा शुरु भएको हो । कार्यक्रममा नाम दर्ता गराएका ६० वर्ष पार गरेका बृद्धबृद्धालाई निःशुल्क दन्त उपहार दिने कार्यक्रम रहेको पालिका प्रमूख भुवानी लिङदेनले बताए ।
हिलिहाङ गाउँपालिका र १ नम्वर प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजना उक्त शिविर सुरु भएको हो । हेल्पिङ युथ इटहरी र पुर्वाञ्चल दन्त अस्पतालको प्राविधिक सहयोगमा दन्त उपहार कार्यक्रम शुरु गरिएको प्रवक्ता गौतमले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया