फ्रान्सिस बेकनका मन छुने १० भनाईहरु

काठमाडौं । फ्रान्सिस बेकन अंग्रेजी दार्शनिक, लेखक, वैज्ञानिक, वकील तथा न्यायधीश हुन् । उनको जन्म २२ जनावरी सन् १५६१ म भएको थियो भने उनको मृत्यु ९ अप्रिल सन् १६२६ मा भएको थियो ।

फ्रान्सिस बेकनका मन छुने १० भनाईहरु

१. यात्रा युवावस्थामा शिक्षाको एउटा भाग हो भने,वयस्क अवस्थामा अनुभवको एक भाग ।

२. केहि पुस्तकहरु चाख्नका लागि हुन्छन्

३. केहि पुस्तकहरु निल्नका लागि हुन्छन् ।

४. केहि पुस्तकहरुमात्र त्यस्ता हुन्छन् जुन चपाउँन र पचाउँनका लागि बनेका हुन्छन् ।

५. क्षणहरुमा उब्जिएका विचारहरु लेखेर राख, तिनीहरु अकस्मात् आएका हुन्छन् तर महत्वपूर्ण हुन्छन् ।

६. श्रीमती भनेको युवा अवस्थाकी प्रियसी,वयस्क अवस्थाकी सहयात्री र वृद्ध अवस्थाकी नर्स हुन् ।

७. एक विद्वान व्यक्तिले आफूले भेट्टाएको भन्दा धेरै अवसरहरु सिर्जना गर्दछ ।

८. कहिले काहि खराब व्यीक्तले पनि असल सुझाव दिन सक्दछ ।

९. ज्ञान नै शक्ति हो ।

१०. आसा एक राम्रो नास्ता हो तर खराब रात्रीभोज ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?