मोरङ । मोरङ प्रहरीले जिल्लाको छुट्टा छुट्टै स्थानमा दुई जनाको शव फेला पारेको छ । विहीबार पथरी शनिश्चरे नगरपालिका–४ स्थित सम्झना चोकमा प्रवल गिरी मृत भेटिएका हुन् ।
५५ वर्षिय गिरी अत्याधिक मादक पदार्थ सेवनका कारण मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । शवको पोर्टमार्टम गरी परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै, शुक्रबार ६४ वर्षीय बलबहादुर लामिछानेकोसमेत शव फेला परेको छ । पाँचथरे खोलामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । दुवै घटनाको विषयमा अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया