काठमाडौं । महानगरीय ट्राफिक प्रहरीले नेपाल ड्राईभिङ ट्रायल सेन्टर, सुकेधारामा संचालन भएको मोटरसाइकलको ट्रायल परिक्षा दिने नक्कली प्रशिक्षार्थी पक्राउ गरेको छ ।
महाशाखावाट खटिएका ट्राफिक प्रहरी टोलीले जुम्ला तातापानी -५ घर भएका श्री प्रसाद दाहालको मोटरसाइकलको ट्रायल परिक्षा दिन आएका कैलाली घोडाघोडी नगरपालिका–११ घर भई हाल कीर्तिपूर पाँगा बस्ने वर्ष २१ को ललित जोशीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका जोशीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त गौशालामा पठाईएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया