काठमाडौं । सुस्त मनस्थिति भएकी १५ वर्षीया किशोरीलाई बलात्कार गरी फरार भएका ओखलढुङ्गा सिंहदेवी–७ घर भई सूर्यविनायक नगरपालिका–८ सिपाडोल बस्ने ५६ वर्षीय पूर्णबहादुर खड्कालाई प्रहरीले घटनाको चार वर्षपछि गिरफ्तार गरेको छ ।
विसं २०७२ फागुन २१ गते उनलाई १० रुपैयाँ दिएर फकाई आफ्नै कोठामा लगेर बलात्कार गरी फरार भएका खड्कालाई सूर्यविनायकबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरी जिल्ला अदालत भक्तपुरलाई बुझाएको थियो ।
अदालतले २०७५ कात्तिक २६ गते खड्कालाई दुई वर्ष ६ महिना कैद फैसला सुनाएकामा फरार खड्कालाई भक्तपुर जिल्ला अदालतले डिल्लीबजार कारागार चलान गरेको तहसिलदार भुसालले जानकारी दिए ।
रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया