निःशुल्क शिविरमा ११३ मनोरोगी लाभान्वित

चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिका–१ शिवपुरमा आयोजना गरिएको निःशुल्क मनोरोगसम्वन्धि शिविरमा ११३ जना लाभान्वित भएका छन् । मेनिरोल नेपाल आशादिप तथा शिवपुर स्वास्थ्य चौकीको आयोजनामा भएको उक्त शिविरमा नशा, टाउको तथा मनोरोगवाट ग्रसित बनेका बिरामीले उपचार गराएका थिए ।

पछिल्लो समयमा विभिन्न कारणले मानिस डिप्रेसनजस्ता समस्याले परिवार तथा समाजलाई असर परेकाले यसलाई समयमै स्वास्थ्यकर्मीबाट सल्लाह लिनुपर्ने प्रदेश न ५ का प्रदेशसभा सदस्य अर्जुन केसीले बताए । मनोरोग विशेषज्ञ डा राजेश श्रेष्ठले उपचार गरे मनोरोग निको हुने दाबी गरे । समाजमा झारफुक गरे ठिक हुन्छ भन्ने अन्धविश्वास रहेकोले यसलाई निरुत्साहित गर्नुपर्ने उनले बताए ।

धेरैको समस्या मृगी, डराउने, डिप्रेसन हुनेजस्ता बिरामीको सङ्ख्या बढी रहेकाले यसबाट मुक्त हुन आफ्नो ब्यवहारसमेत परिर्वतन गर्नुपर्ने उनको भनाइ छ । शिवरपुर स्वास्थ्य चौकीका प्रमुख लेखनाथ पौडेलले ११३ मध्ये ३४ जनालाई उपचारका लागि अन्य ठाउँ जान सुझाव दिइएको बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?