काठमाडौँ। एक वर्ष पहिलेसम्म हेटौँडा अस्पतालमा दैनिक एक सय बिरामी आउन मुस्किल थियो । अस्पताल उपचारभन्दा पनि ‘रेफर सेन्टर’का रूपमा परिचित थियो । बिरामी हेटौँडा अस्पतालभन्दा भरतपुर र काठमाडौँ जाने गर्थे । अस्पताल अस्पतालजस्तो थिएन । फोहोरमैलाले भरिएको थियो । मेडिकल सुपरिन्टेन्डेन्ट पदमा नियुक्त हुन कोही चिकित्सक पनि मान्दैनथे ।
अहिले हेटौँडा अस्पताल पहिलेजस्तो छैन । अहिले दैनिक चार सय बिरामी आउने गरेका छन् । पछिल्लो समय सङ्घीयबाट प्रदेश सरकारलाई हस्तान्तरण भएका अस्पतालमा उपचारदेखि लिएर जनशक्ति, उपकरण र व्यवस्थापनसमेत सुदृढ र बलियो बन्दै गएको छ ।
हेटौँडा अस्पताल मात्र होइन, भक्तपुर अस्पताल, त्रिशूली अस्पताल, इलाम अस्पताल लगायतका प्रादेशिक अस्पताल बलियो बन्दै गएका छन् । प्रदेश सरकारले सुधारका कामको थालनी गरेसँगै अस्पतालमा आउने बिरामीको सङ्ख्यामा वृद्धि, जनशक्ति, भौतिक पूर्वाधार लगायत व्यवस्थापन पक्ष सबल बन्दै गएको छ । गोरखापत्रमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया