काठमाडौं । अख्तियार दूरुपयोग अनुसन्धान आयोगको टोली विद्युत प्राधिकरणको विद्युत वितरण केन्द्रमा ज्यालादारीमा कार्यरत दुई जना घुससहित पक्राउ परेका छन् ।
बिजुलीको पोल राखिदिने बिषयमा सेवाग्राहीसँग घुस लिदै गर्दा कुलेस्वरस्थित नेपाल विद्युत प्राधिकरणको विद्युत वितरण केन्द्रमा कार्यरत कृष्ण मुरारी चौधरी र पुरुषोत्तम दाहाललाई २५ हजार रुपैयाँ घुससहित पक्राउ अख्तियारले जनाएको छ ।
उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको महानगरपालिका वडा नं. १४ स्थित गुडफुड तन्दुरी अगाडीबाट घुस रकमसहित पक्राउ गरेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया