काठमाडौं । ईङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले १६ अंकको अग्रता हात पारेको छ ।
बिहिबार राति उल्भ्सलाई २-१ गोल अन्तरले पराजित गर्दै लिभरपुलले अंकमा फराकिलो अग्रता बनाएको हो । लिभरपुलको जितमा कप्तान जोर्डन हेन्डरसन र रोबर्टो फिर्मिन्होले गोल गरेका थिए ।
खेलको आठौं मिनेटमा हेन्डरसनले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । जिमेनेजले ५१ औ मिनेटमा घरेलु टोलीका लागि बराबरी गोल फर्काए । खेल सकिन ६ मिनेट अगाडी फिर्मिन्होले गोल गर्दै लिभरपुललाई जित दिलाए ।
लिभरपुलले लिगका पछिल्ला १४ खेलमा जित निकालेको छ । लिभरपुल प्रिमियर लिगको ४० खेलमा अपराजित रहने तेस्रो टिम बनेको छ ।शीर्ष स्थानको लिभरपुलले २३ खेलबाट ६७ अंक जोडेको छ । उल्भ्स ३४ अंक सहित सातौ स्थानमा छ ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया