काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदैछ ।
पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लब र सरस्वती युथ क्लब भिड्दैछन् भने दोस्रो खेलमा च्यासल युथ क्लब र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा हुदैछ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
मनाङ ७ खेलमा १३ अंक सहित तालिकाको चौथो स्थानमा छ । सरस्वती १ अंक सहित तालिकाको पुछारमा रहेको छ । त्यस्तै, च्यासल ६ अंक सहित बाह्रौ स्थानमा छ । ब्रिगेड ८ अंक सहित नवौं स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया