काठमाडौँ । प्रधानमन्त्री केपी ओली तथा नेकपाका तेस्रो वरीयताका वरिष्ठ नेता झलनाथ खनालबीच पौने चार घन्टा लामो संवाद भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारबाट अकस्मात बोलाइएपछि खनाल बिहीबार बिहान १० बजेतिरै त्यहाँ पुगेका थिए । उनीहरूबीच पौने २ बजेसम्म लगातार छलफल भएको हो ।
‘हामीबीच करिब पौने चार घन्टा दुःख–सुखका धेरै अनौपचारिक कुराकानी भयो,’ ओलीसँगको छलफलबारे खनालले भने, ‘जीवन, जगत्, वर्तमान र भविष्यका चुनौती र सम्भावनाका बारेमा छलफल गर्यौँ ।’
सभामुख चयन प्रकरणमा पूर्वएमाले समूहका वरिष्ठ नेताद्वय खनाल, माधवकुमार नेपाल र वामदेव गौतमले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अघि सारेका नेता अग्नि सापकोटालाई साथ दिएपछि अध्यक्ष ओलीले असहज महसुस गरेका थिए । सचिवालयमै अल्पमतमा पर्ने सम्भावना देखिएपछि ओली सापकोटाको नाममा निर्णयका लागि तयार भएको चर्चा नसेलाएकै अवस्थामा खनालसँगको लामो संवादलाई अर्थपूर्ण रूपमा हेरिएको छ । नयाँ पत्रिकामा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया