काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार १० खेलाडीमा सिमित जावलाखेलले एपीएफ क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
जावलाखेललाई जित दिलाउन विदेशी खेलाडी फोडे फोफानाले निर्णायक गोल गरे । फोफानाले खेलको ७१ औं मिनेटमा गोल गरे ।
त्यसअघि खेलको ५७ औं मिनेटमा जावलाखेल १० खेलाडीमा समेटिएको थियो । टेकेन्द्र थापाले रातो कार्ड पाएपछि जावलाखेलले १० खेलाडीमा खेलेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया