भिरबाट लडेर कालीकोटेको मृत्यु

इलाम । इलाममा भिरबाट लडेर एकजनाको ज्यान गएको छ । इलामको रोङ गाउँपालिका–२ बर्फल्याङ ढोडेनीका २७ वर्षीय टिका कालीकोटेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार घर नजिकै रहेको भिरबाट लडेर मृत अवस्थामा स्थानीयले फेला पारेका थिए । स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी घटना स्थलमा गएको थियो ।
उक्त विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?