ग्रिजम्यानको गोलमा बार्सिलोनाको जित

काठमाडौं । बार्सिलोनाले कोपा डेल रे फुटबलमा इबिजालाई पराजित गरेको छ ।

बुधबार राति अन्तिम ३२ को खेलमा बार्साले तेस्रो डिभिजनको क्लब ईबिजालाई २–१ गोल अन्तरले हराएको हो । बार्सिलोनालाई जित दिलाउन एन्टोनी ग्रिजम्यानको दुई गोल गरे ।

लियोनल मेस्सी र जेरार्ड पिकेलाई बिश्राम दिदै ग्रिजम्यानलाई पहिलो रोजाईमा मैदान उतारिएको थियो । खेलको नवौ मिनेटमा जाभी पेरेजले गोल गर्दै इबिजालाई सुरुवाती अग्रता दिलाएका थिए ।

ग्रिजम्यानले खेलको ७२ औ मिनेटमा बराबरी गोल फर्काएका थिए । ईन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै ग्रिजम्यानले बार्सिलोनालाई जित दिलाएमा थिए ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?