भारत हुँदै खाडि मुलक लैजान लागिएका २ नेपाली किशोरीको उद्धार

काठमाडौं । नेपालबाट भारत हुँदै खाडि मुलुकमा लैजादै गरीएका २ किशोरीलाई भारतीय सुरक्षाकर्मीले उद्धार गरेका छन् ।

भारतीय सञ्चामाध्यमका अनुसार नेपालगञ्ज हुँदै भारत प्रवेश गरेका उनीहरुलाई भारतको सीमा सुरक्षा बल (एसएसबी) को ४२ औं बाहिनीले नियन्त्रणमा लिएको हो ।

खाडी मुलुक पठाउने धन्दामा संलग्न तस्करलाई समेत पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ। पक्राउ पर्ने पुरुष सल्यानका लोकेन्द्र खत्री छन् । दुई किशोरीमध्ये एउटी १४ वर्ष र अर्की १७ वर्ष उमेरका छन् ।

जागरणका अनुसार रोजगारीको प्रलोभन देखाएर सल्यानका उनीहरुलाई मानव तस्करले भारतको अहमदावाद लैजाने क्रममा नियन्त्रणमा लिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?