लोपउन्मुख बन्यजन्तु सालकको खपेटासहित ३ जना पक्राउ

मकवानपुर ।  लोपउन्मुख बन्यजन्तु सालकको २ केजी १९० ग्राम अबैध खपेटा (आखोटेपहार) सहित तीनजना पक्राउ परेको छ ।

प्रहरीले हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले सोही उपमहानगरपालिका–१ चौकीटोल बस्ने ३० वर्षीय गौरब गौतम, ३० वर्षीय कृष्ण बहादुर गोले र सोही उपमहानगरपालिका–११ बस्ने ४८ वर्षीय सूर्य लामा रहेका छन् ।

सोही स्थानस्थित खसी बजारमा सालकको खपटा बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?