काठमाडौं । सावित्रा भण्डारी र अनिता बस्नेतले चौथो संस्करणको भारतीय महिला लिग खेल्ने भएका छन् ।
नेपाली राष्ट्रिय महिला फुटबल टिमकी सावित्रा र अनिताले लगातार दोस्रो सिजन भारतीय महिला लिग खेल्ने पक्का भएको हो । चौथो संस्करणको भारतीय महिला लिग आगामी शुक्रबार बेङ्गलोरमा सुरु हुदैछ ।
लिगमा भारतका १२ टिमले दुई समूहमा रहेर प्रतिस्पर्धा गर्नेछन् । समूहका शीर्ष दुई टिमले सेमिफाईनलमा स्थान बनाउनेछन् ।
सावित्रा र अनिताले गत सिजन सेथु फुटबल क्लबबाट खेलेका थिए । तर नयाँ सिजन सावित्राले क्लब परिवर्तन गरेकी छिन् । उनले सेथुलाई छाड्दै गोकुलमबाट नयाँ सिजन खेल्नेछिन् ।
सावित्रा र अनिता मंगलबारै भारत प्रस्थान गर्दैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया