काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गोरखाको लाप्राकमा ‘एनआरएन नमूना बस्ती’ निर्माणको काम पुरा भएको घोषणा गरेको छ । सोमबार भूकम्प पीडितका लागि निर्माण गरीएको एनआरएन नमूना बस्तीको निर्माणको काम पुरा भएको संघले जानकारी गराएको हो ।
संघले आफ्नो दायित्वमा रहेको सम्पूर्ण काम सकिएको उल्लेख गरेको छ । संघको ७१ औं बैठकको निर्णय सार्वजनिक गर्दै गैरआवासीय नेपाली संघले निर्माणको काम सकिएको जानकारी गराएको हो ।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले संघको जिम्मेवारीमा रहेको लाप्राक परियोजनाको सम्पूर्ण काम सकिएको जानकारी दिएका छन् ।
उनले अहिले लाप्राक पूर्ण रुपले हिउँले छोपिएकोले हिउँ पग्लिएपछि बाँकी रहेको काम सम्पन्न गरी हस्तान्तरण गर्ने योजना रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया