काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा संकटा क्लबले ब्रिगेड ब्वाइजसँग बराबरी खेलेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा संकटा र ब्रिगेडले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन्। खेलमा ब्रिगेडका गोलकिपर विशाल सुनार म्यान अफ दि म्याच चुनिए ।
ब्रिगेडसँगको बराबरीसँगै संकटाले शीर्ष ६ मा उक्लने मौका गुमाएको छ । आठौं स्थानको संकटाले ७ खेलमा ९ अंक जोडेको छ । ब्रिगेडले ७ खेलमा ८ अंक जोडेको छ । ब्रिगेड लिगको नवौं स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया