रोनाल्डोको गोलमा युभेन्ट्सको जित, मिलानलाई पछि पार्दै युभेन्ट्स शीर्ष स्थानमा

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको दुई गोलले सिरि ए फुटबलमा युभेन्ट्सले जित हात पारेको छ ।

आईतबार राति भएको खेलमा युभेन्ट्सले पर्मालाई २-१ गोल अन्तरले पराजित गरेको हो । युभेन्ट्सको लागि दुवै गोल रोनाल्डोले गरे ।

रोनाल्डोले खेलको ४३ औं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए । एन्ड्रियास कार्नेलियसले ५५ औं मिनेटमा हेडमार्फत गोल गर्दै पार्माका लागि बराबरी गोल फर्काए ।

खेलको ५८ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई खेलमा अगाडी बढाएका थिए । पाउलो ड्याबालाको पासलाई सदुपयोग गर्दै रोनाल्डोले गरेका थिए । जितसंगै युभेन्ट्सले सिरि ए फुटबलमा दोस्रो स्थानको ईन्टर मिलानसंग ४ अंकको अग्रता लिएको छ ।

शीर्ष स्थानको युभेन्ट्सको ५१ अंक छ । पर्मा २८ अंक सहित सातौं स्थानमा छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?