ए डिभिजिन लिगमा आज दुई खेल हुँदै, को-को भिड्दै ?

काठमाडौं । शहिद स्मारक ए डिभिजिन लिगमा आज दुई खेल हुँदैछ ।

पहिलो खेलमा ब्रिगेड ब्वाईज क्लब (बिबिसी) र संकटा क्लब भिड्दैछन् । त्यस्तै, दोस्रो खेल आर्मी र च्यासल युथ क्लबबीच हुनेछ ।

ब्रिगेड र संकटा पहिलो खेलमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मध्यान्न १२ बजे भिड्नेछन् । दोस्रो खेलमा आर्मी र च्यासल दिउँसो ३ बजे दशरथ रंगशालामा खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?