ह्यारी र मेगनको शाही पदवी खोसिने

बेलायती राजकुमार ह्यारी तथा उनकी श्रीमती मेगन मार्कलको शाही पदवी खोसिने भएको छ ।
उनीहरूले आउँदो वसन्त ऋतुदेखि ‘हिज, हर रोयल हाइनेस्’ भन्ने पदवी र शाही कोष पनि प्रयोग गर्न नपाउने बकिङ्घम राजदरबारले शनिबार घोषणा गरेको छ । तर ह्यारीलाई राजकुमार र ड्युक अफ ससिक्स् एवं मेगनलाई डचेस अफ ससिक्स् भनेर चाहिं सम्बोधन गरिनेछ ।कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?