शालिकराम पुडासैनी आत्महत्या प्रकरण : अन्तत रवि लामिछानेसहित तीनै जना निर्दोष सावित

काठमाडौं । शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्दामा मुछिएका रवि लामिछानेसहित तीनै जनाले सफाइ पाएका छन् ।

आइतबार जिल्ला अदालत चितवनले रवि लामिछानेसहित अस्मिता भनिने रुकु कार्की र युवराज कँडेललाई सफाइ दिने फैसला सुनाएको हो ।

न्यायाधीश हेमन्त रावलको इजलासले उनीहरुलाई सफाइको फैसला सुनाएको हो । लामिछानेसहित ३ जना विरुद्ध भदौ ८ गते आत्महत्या दुरुत्साहन मुद्दा दायर भएको थियो।

जिल्ला अदालत चितवनले लामिछानेलाई ५ लाख र सञ्चारकर्मी युवराज कडेँललाई ३ लाख धरौटीमा रिहा गर्ने आदेश गरेको थियो।

पत्रकार पुडासैनीको गत साउन २० मा चितवनको नारायणगढ बसपार्कस्थित होटल कंगारुमा शव भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?