काठमाडौं । बेल्जियमकी राजकुमारी एस्ट्रिड नेपाल भ्रमणमा आएकी छन् ।
राजकुमारी एस्ट्रिड एक हप्ताको लागि आइतबार अपरान्ह काठमाडौं आइपुगेकी हुन् । उनी माघ ११ गतेसम्म नेपाल बस्नेछिन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटघाट गर्नेछिन्। साथै उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली र स्वास्थ तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग छुट्टाछुटै भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
राजकुमारी एस्ट्रिड कैलाली, नवलपरासी र चितवनको भ्रमणमा जाने परराष्ट्र मन्त्रालयले जनाएको छ । कैलालीमा उनले क्षयरोग सेन्टरको उद्घाटन समारोहमा सहभागी जनाउनेछन् भने त्यहाँका बिरामीहरुसँग पनि भेटघाट गर्नेछिन् ।
त्यस्तै नवलपरासीको मिडपोइन्ट अस्पतालमा क्षयरोग र कुष्ठरोगका बिरामीहरुलाई समेत भेट्नेछिन् । उक्त अस्पतालमा उनकै अध्यक्षता रहेको बेल्जियमको गैरसरकारी संस्था डमियन फाउन्डेसनले सहयोग गर्दै आएको छ ।
यस भ्रमणले नेपाल र बेल्जियमबीचको दुईपक्षीय सम्बन्धमा अझ सुधार आउने परराष्ट्र मन्त्रालयले गत बिहिबार प्रेस विज्ञप्ती जारी गर्दै जानकारी दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया