काठमाडौं । एपीएफ क्लबले काठमाडौंमा जारी पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला-पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ लगातार दोस्रो जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा आइतबार भएको खेलमा भरतपुर मेट्रो खेलकुद परिषदलाई ३-० को सेटमा पराजित गर्दै एपीएफले लगातार दोस्रो जित हात पारेको हो । एपीएफले भरतपुरलाई २५-११, २५-१२ र २५-१० ले पराजित गर्यो ।
जितसँगै समूह ए को एपीएफ सेमिफाइनल नजिक पुगेको छ । एपीएफले २ खेलमा ६ अंक जोडेको छ । पहिलो खेलमा एपीएफले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई हराएको थियो ।
अब एपीएफले समूह चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।
प्रतियोगितामा भरतपुरको यो लगातार दोस्रो हार हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया