काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग क्लब मनाङ मर्स्याङदीलाई नेपाल आयल निगमले प्रायोजन गर्ने भएको छ ।
आठौं पटक च्याम्पियन भईसकेको मनाङसँग आयल निगम मुख्य प्रायोजकको रुपमा जोडिने भएको हो । मनाङले सोमबार आयल निगमसँग औपचारिक रुपमा सम्झौता गर्नेछ ।
प्रायोजन सम्झौताको रकम भने औपचारिक सम्झौता भएको दिन खुलाईने छ । औपचारिक सम्झौता नहुँदै मनाङले नेपाल आयल निगमको लोगो र नाम अंकित जर्सी प्रयोग गर्न थालिसकेको छ । मनाङले शनिबार भएको थ्री स्टारविरुद्धको खेलमानिगमको लोगो र नाम अंकित जर्सी प्रयोग गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया